

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका सबै तह र निकायलाई निर्देशन दिएका छन्।
पार्टीका तर्फबाट हालसम्म भएका कामबारे ब्रिफिङ लिएपछि लामिछानेले विपद्को समयमा प्रभावित नागरिकको उद्धार र राहतमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार खोजी, उद्धार तथा राहत कार्यमा पार्टीको सम्पूर्ण संरचनालाई परिचालन गरी प्रभावकारी रूपमा काम गर्न सभापति लामिछानेले निर्देशन दिएका छन्।
छलफलमा पार्टी महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, संगठन विभाग प्रमुख प्रमोद न्यौपानेलगायत सहभागी थिए।