नेपालका बाढीपीडितलाई अमेरिकाले ३६ लाख डलरभन्दा बढी सहयोग गर्ने

नेपालका बाढीपीडितलाई अमेरिकाले ३६ लाख डलरभन्दा बढी सहयोग गर्ने

काठमाडौं । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनतालाई कठिन घडीमा साथ दिन जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको हो।

विज्ञप्तिअनुसार उक्त सहयोगअन्तर्गत तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। अमेरिकाले बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा विपद्को असर कम गर्न मानवीय सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।