

काठमाडौं । एथलेटिक क्लबलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ। गएराति स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २–० ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हा र फर्मिन लोपेजले एक–एक गोल गरे। सुरुआती दुई खेलमै गोल गरेका राफिन्हाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाको जितमा महत्वपूर्ण योगदान दिएका छन्।
खेलको ३७औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा म्यानचेस्टर सिटीबाट ६५ मिलियन पाउन्डमा बार्सिलोना आएका रोड्रीले डेब्यु गरे।
खेलको ८२औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना ला लिगाको अंकतालिकाको शीर्ष स्थानमा छ। समान दुई अंक रहेका रियल मड्रिड दोस्रो, सेभिल्ला तेस्रो र रियल बेटिस चौथो स्थानमा छन्।
गएराति नै भएको अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको छ।