

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सिर्जनशिल काममा फाइदा मिल्नेछ । अर्थ लाभ हुने समय छ । हरेक काममा प्राप्ति पाउनुहुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ज्ञानगुनका कुरामा ध्यान जानेछ । हरेक काम सफलतापूर्वक सम्पन्न हुनेछन् । शारिरीक व्यायाममा ध्यान जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम गर्दा बाधा अड्चन आउन सक्छन् । अपव्ययको योग छ । होस् गर्नुहोला स्वास्थ्यमा त्यती राम्रो छैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन प्राप्तिको योग छ । साथीसंगीबाट साथ सहयोग मिल्नेछ । घर परिवारबाट सन्तोष मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन आकस्मिकरुपमा प्राप्त होला । सिर्जनशिल काममा मन जानुकासाथै सफलता पनि मिल्नेछ । मनमा केही गरौं भन्ने उत्साह जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थ प्राप्तिको समय छ । गरेका व्यवसायमा लाभ मिल्नेछ । घुमफिरको योग छ । समय रमाइलोसंग बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने योग छ । होस् गर्नुहोला चाहेको मान्छेबाट अपमान खेप्नुपर्ला । पंसा पनि ख्याल गर्नुहोला अभाव हुन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीसंगीबाट राम्रो सहयोग मिल्नेछ । अर्थ प्राप्तिमा राम्रो समय छ । ठूला किताबहरु पढ्न मन जानेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा खिन्नता छाउने छ । साथीसंगीसंग रमाइलोसंग दिन बित्ला । घुमफिरको समय छ । तर, हरेक कुरामा ख्याल गर्नुभए राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वादिष्ठ भोजनको योग छ । चुनौतीहरु बढ्लान् तर, जीत तपाईंकै हुनेछ । चुनौतीहरुको सामाना गर्ने शक्ति पाउनुहुनेछ । मन खुशी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सजग रहनु होला परायबाट डर हुन सक्छ । हरेक काम गर्दा बाधा आउन सक्छन् ख्याल गर्नुहोला । शरिरमा थकानको अनुभूति होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्पत्ति प्राप्तिको समय छ । साथीसंगीबाट राम्रो साथ मिल्नेछ । किताबहरु पढ्न मन जानेछ । दिन रमाइलोसंग बित्नेछ ।