

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे छलफल गर्न बिहीबार बिहान ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल हुनेछ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, पीडितलाई तत्काल राहत उपलब्ध गराउने र पुनःस्थापनाका लागि आवश्यक व्यवस्था मिलाउने विषयमा सबै राजनीतिक दलबीच साझा रणनीति बनाउने तयारी छ।
प्रवक्ता खरेलले बैठकबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।