

काठमाडौं । भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ।
भारतले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
भारतले यस कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ। साथै, बाढीबाट उत्पन्न चुनौतीको सामना गर्न नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।