बाढी प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आग्रह

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल र सामाजिक संघ–संस्थालाई आग्रह गरेका छन्।

उनले सुरक्षा निकायसहित सम्पूर्ण सम्बन्धित निकाय तथा आम नागरिकलाई समेत उद्धार र राहत कार्यमा जुट्न अनुरोध गरेका छन्।

रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको राष्ट्रपति पौडेलले बताएका छन्।

उनले बाढी प्रभावित तथा जोखिममा रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन्। साथै, आवश्यक समन्वय र सहयोगमार्फत विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न सबै पक्षलाई आह्वान गरेका छन्।