

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग तथा गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिङ–नारायणगढ सडकखण्डमा आवागमन पूर्ण रूपमा रोक्न प्रहरी प्रशासनलाई अनुरोध गरेको छ।
त्यस्तै, रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको किनारमा नजान र सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ। उद्धार आवश्यक परेमा १००, १२३४ वा १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।