आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

त्यस्तै, प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२’ सदनमा पेस गर्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।