कांग्रेस महाधिवेशन रोक्न देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

कांग्रेस महाधिवेशन रोक्न देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार निवेदनमाथि भदौ ११ गतेका लागि पेसी तोकिएको छ। देउवा समूहका तर्फबाट अधिवक्ता श्रवणकुमार देवले वारेसमार्फत निवेदन दर्ता गराएका हुन्।

कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि आधिकारिकताको विवाद अदालतमा विचाराधीन रहेको छ।

यही अवस्थामा पुनरवलोकनको मुद्दा टुंगो नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशन अघि बढाउन नहुने जिकिर गर्दै देउवा समूहले पूरक निवेदन दिएको हो।

देउवा समूहले गगन थापा नेतृत्वको कार्यसमितिले अघि बढाएको महाधिवेशन प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको मागसमेत गरेको छ।