प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने तय भएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो। त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि थियो।

यसका साथै ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि पेस गर्ने कार्यसूची रहेको थियो। स्थगित बैठकका यी सबै कार्यसूची अर्को बैठकमा सारिने संघीय संसद् सचिवालयले जनाएको छ।