

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्ताव अनुमोदन गर्दै खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। उनी प्रतिनिधिसभा निर्वाचनअघि रास्वपामा प्रवेश गरेका थिए।
बैठकले कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ तथा सहप्रवक्तामा सुरेन्द्र चौधरी र डा. नमिता यादवलाई पनि मनोनीत गरेको छ।
सभापति लामिछानेले प्रस्तुत गरेको पदाधिकारी मनोनयनसम्बन्धी प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।