रास्वपा केन्द्रीय सदस्यमा गृहमन्त्री गुरुङसहित ९ जना मनोनीत

रास्वपा केन्द्रीय सदस्यमा गृहमन्त्री गुरुङसहित ९ जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री सुधन गुरुङसहित नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुने अन्यमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह रहेका छन्।

रास्वपाले पार्टीको संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडका क्रममा नयाँ केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो।