कांग्रेसको अनुशासन समितिको बैठक बस्दै

कांग्रेसको अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैँछ । केन्द्रीय कार्यालय, बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरि सकिएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा समुहले गत साउन २९-३१ मा अलग्गै राष्ट्रिय भेला गरेको तथा देउवा नेतृत्वको तत्कालिन केन्द्रिय समितिले १५ औं महाधिवेशन गर्ने सार्बजनिक गरिरहेको बेला गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

जसका कारण पार्टी भित्रको आन्तरिक विवाद चर्किएको बेलामा अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अनुशासन समितिले देउवा पक्षधर नेतालाई कारबाही गर्ने अनुमान गरिएको छ ।