बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुँदै

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुँदै

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्।

प्रदेश प्रमुखको कार्यालयले थापालाई बिहीबार अपराह्न ४ः०५ बजे मुख्यमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै ४ः२० बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

सोहीअनुसार भदौ ३ गते एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहित थापालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको थियो।

तर, थापाको दाबीमा राप्रपाको समर्थन समावेश भएपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलले थापालाई समर्थन गर्ने निर्णय गरे पनि पार्टीको केन्द्रीय निर्देशनबिना गरिएको निर्णय आधिकारिक नभएको भन्दै केन्द्रीय नेतृत्वले असहमति जनाएको छ।

राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट गर्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो।

यसका बाबजुद प्रदेश प्रमुखको कार्यालयले थापाको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय गरेको