

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अग्रज नेता प्रदीप गिरिको स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। गिरिको स्मृति दिवस भदौ ४ गते सामाजिक सञ्जालमार्फत थापाले गिरिप्रति श्रद्धासुमन अर्पण गरेका हुन्। गिरिसँग बिताएका पल, उनीबाट प्राप्त प्रेरणा र राजनीतिक दृष्टिकोण आफ्ना लागि सधैँ मार्गदर्शन बनिरहने थापाले उल्लेख गरेका छन्।
गिरिसँग आफू सँगै रहेको पुरानो तस्बिर फेसबुकमा राख्दै थापाले लेखेका छन्, ‘आदरणीय प्रदीप गिरि दाइको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँसँग बिताएका पलहरू, उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैँ मार्गदर्शन बनिरहनेछ।’