

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए। कांग्रेससँगको सहकार्य टुटेपछि कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपाको सरकार बनेको छ। त्यसपछि कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।
प्रमुख सचेतक तामाङका अनुसार अब नेपाली कांग्रेसले प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।