कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै
काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि आज निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन तोकिएका निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन लागिएको हो।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ। कांग्रेसले निर्वाचन अधिकृतको प्रशिक्षणलाई १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रियाको पहिलो चरणका रूपमा लिएको छ।