ग्यास वितरणमा वृद्धि, अभाव घट्दै

ग्यास वितरणमा वृद्धि, अभाव घट्दै
काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको बिक्रीवितरण उल्लेख्य रूपमा बढेको छ। नेपाल आयल निगमका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री भएको छ। उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर बिक्रीवितरण गरिएको छ।

निगमले काठमाडौं उपत्यकामा हालसम्मकै उच्च परिमाणमा ग्यास बिक्री भएको जनाएको छ। पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको आपूर्ति तथा वितरणमा उल्लेख्य सुधार आएको हो।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार बजारमा देखिएको ग्यास अभाव पनि क्रमशः सहज हुँदै गएको छ। आपूर्ति र वितरणमा थप सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको अभाव अझ कम हुने अपेक्षा गरिएको निगमले जनाएको छ।