स्कार्पिओ दुर्घटनामा न्यायाधीशसहित ६ जना घाइते

स्कार्पिओ दुर्घटनामा न्यायाधीशसहित ६ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी-६, जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान जुरिखेतमा भिरबाट खसेर दुर्घटना भएको हो। दुर्घटनामा ४ पुरुष र २ महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्धार गरी हेटौँडा अस्पतालमा ल्याइएको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।