

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन्। सरकार जोगाउन उनलाई अन्य दलको समर्थन आवश्यक परेको छ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल हो। नेकपाका २६ र एमालेका २५ (उपसभामुखसहित) सांसद छन्। त्यस्तै राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
बागमती प्रदेशमा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। आजको विश्वासको मतले वर्तमान सरकारको निरन्तरता वा नयाँ सत्ता समीकरणको बाटो तय गर्नेछ।