१५औँ महाधिवेशनको तयारी शशांककाे संयोजनमा अघि बढाउने राष्ट्रिय भेलाकाे निर्णय

१५औँ महाधिवेशनको तयारी शशांककाे संयोजनमा अघि बढाउने राष्ट्रिय भेलाकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजनमा अघि बढाउने निर्णय गरेको छ।

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेला–सम्मेलनले पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा कोइरालाले महाधिवेशनको तयारी अघि बढाउने निर्णय गरेको हो।

भेलाबाट पारित निर्णयमा भनिएको छ, ‘१५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ।’

यसअघि कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्न कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। उनकै संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला–सम्मेलन सम्पन्न भएको हो।

भेलाको निर्णयसँगै आगामी महाधिवेशनको तयारीमा कोइरालाको भूमिका थप महत्वपूर्ण हुने देखिएको छ।