पार्टी बैठकमा गगनले भने- पूर्वसभापति देउवालाई स्वदेशमा स्वागत छ

पार्टी बैठकमा गगनले भने- पूर्वसभापति देउवालाई स्वदेशमा स्वागत छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले देउवालाई स्वास्थ्यलाभको शुभकामनासहित स्वागत गरेका हुन्।

बैठकमा थापाले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

करिब साढे पाँच महिनापछि बिहीबार नेपाल फर्किएका देउवाले काठमाडौं ओर्लिएलगत्तै वक्तव्य जारी गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन्।

उनले कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।