

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष ठाकुरले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहणसँगै ठाकुरले बिहीबार नै आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।