पाँच महिनापछि नेपाल फर्किए पूर्वप्रधानमन्त्री देउवा

पाँच महिनापछि नेपाल फर्किए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्।

उनी बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। देउवा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थिए।

घटनापछि उपचारका लागि उनी श्रीमती आरजु राणा देउवासँगै कात्तिक १० गते राति सिंगापुर गएका थिए। उपचारपछि करिब पाँच महिनापछि देउवा नेपाल फर्किएका हुन्।

देउवालाई स्वागत गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।