प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घण्टा छलफल भएको हो।

सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न मंगलबार मध्याह्न १२ः२० बजे प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरूबीच १२ः५५ बजेसम्म भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा संघीय संसद्को चालू अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

संसद्को चालू अधिवेशनमा विधेयक तथा अन्य संसदीय कामकारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।