तेस्रो संस्करणको एनपीएल कात्तिक ९ देखि, अक्टोबर २६ बाट सुरु हुने

तेस्रो संस्करणको एनपीएल कात्तिक ९ देखि, अक्टोबर २६ बाट सुरु हुने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिकमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

तेस्रो संस्करणको एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ। अब प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोली विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा छन्।प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन फ्रेन्चाइज टोलीहरूले स्वदेशी तथा विदेशी खेलाडीको संयोजनमा टोली निर्माण गरिरहेका छन्।