

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंकालागि यो साता उत्कृष्ट रहनेछ । व्यापार गर्नुहोला राम्रो छ । अर्थ लाभ हुने छ । ज्ञानगुनका कुरामा रुची जाग्नेछ । शत्रु तपाईंसंग डराउनेछन् । धर्मकर्ममा मन जानेछ । घुमफिरको अवसर पाउनुहुनेछ । घर परिवारबाट राम्रो सहयोग मिल्नेछ । नविन कामले तपाईंलाई स्वागत गर्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंकालागि यो साता ठिकै रहने छ । ख्याल गर्नुहोला स्वास्थ्य त्यति राम्रो हुने देखिदैन । अपव्ययको योग छ । तर, धैर्य रहनुहोला साताको मध्यममा सफलता पाउनुहुनेछ । साथीसंगीबाट सोचेअनुरुपको सहयोग मिल्नेछ । काममा सफलता मिल्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । पढाईमा रुचि बढ्नेछ । अर्थ लाभको समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंकालागि यो साता महत्वपूर्ण छ । घर परिवारको साथ सहयोग पाउनुहुनेछ । काममा सफलताको योग छ । सिर्जनशिल काममा रुचि जाग्नुकासाथै गरेअनुसार सफलता हात पनि मिल्नेछ । साथीसंगीको सहयोग कदर गर्न लायक हुनेछ । घुमफिरको योग छ । खुशीको कुरा स्वास्थ्य राम्रो छ । व्यवसायमा सफलता पाउनहुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंकालागि यो साता राम्रो छ । काममा प्गती हुने समय जुरेको छ । अर्थ प्राप्ती सोचे भन्दा राम्रो होला । पढाईंमा पनि सफलता पाउनहुनेछ । धर्मकर्ममा व्यस्त हुने योग छ । घर परिवारबाट राम्रो साथ सहयोग प्राप्त होला । सजग हुनु जरुरी छ साताको मध्यममा काममा बाधा आउन सक्छ । अपव्ययको योग छ । मन र स्वास्थ्यलाई स्थिर राख्नु फलदायी देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंकालागि यो साता उत्तम छ । नयाँ काम गर्नपर्ला । व्यवसायमा उल्लेख्य लाभ मिल्नेछ । घुमफिरको समय छ । ज्ञानगुनका कुराहरुमा मन जानेछ । सिर्जनशिल काममा व्यस्त बन्ने योग छ । शत्रुबाट डराउनु पर्दैन । घर परिवारसंगै सन्तानबाट सुख प्राप्त होला । प्रेमिल समय छ । साथीसंगीबाट राम्रो सहयोग पाउनुहुनेछ । हरेक काममा प्रगती हुने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंकालागि यो साता राम्रै छ । ख्याल गर्नुहोला स्वास्थ्यमा गडबढी हुन सक्छ । साताको मध्यममा भने समय तपाईंकै अधिनमा हुनेछ । अर्थ लाभको समय छ । व्यापार उल्लेख्यरुपमा बढ्नेछ । समाजमा ख्याती कमाइएला । साथीसंगीको राम्रो साथ सहयोग मिल्ने योग छ । ज्ञानगुनका कुरामा रुची जाग्ने छ । घुमफिरको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंकालागि यो साता रामे छ । अर्थमा राम्रो देखिन्छ । काम जे गरेपनि सफलता मिल्नेछ । ज्ञानगुनका कुरामा ध्यान जाला । घर परिवारबाट राम्रो साथ मिल्नेछ । तपाईंको यो समय सुखसमृद्धिको समय हो । व्यापारबाट सहयोग मिल्नेछ । नविन कामको शुरुवात हुनेछ । सामूहिक काममा रुची देखिन्छ । मध्यम सातामा काममा बाधा आउनेछन् । स्वास्थ्यमा सजग हुनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंकालागि यो साता उत्तम नै छ । धन लाभको समय छ । काममा सफलता पाउनुहोला । साथीसंगीको सहयोगको कारण थप सफलता पाउनुहुनेछ । घर परिवारबाट सुख मिल्नेछ । साताको मध्यममा ख्याल गर्नुपर्ला स्वास्थ्य तपाईंको साथमा नरहन सक्छ । परायाबाट सजग रहननै राम्रो छ । हरेक काममा राम्रोसंग ध्यान दिनु जरुरी छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईंकालागि यो साता अर्थ प्राप्तीको समय हो । ज्ञानगुनका कुराहरुमा ध्यान जानुकासाथै गरेका काममा सफलता मिल्नेछ । सिर्जनशिल काममा रुचि बढ्ला । साथीसंगीबाट सहयोग मिल्नेछ । हरेक काममा सफलता पाउने योग छ । घुमफिरको समय छ । प्रेमिल समय छ । माया ममतममा सफलता मिल्नुका साथै घर परिवारबाट पनि साथ सहयोग रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईंकालागि यो साता पूर्ण फलप्राप्तिको छैन । अल्छिपना बढ्ने छ । काममा बाधा आउला । परायाबाट सजग रहनहोला । तर, मध्य साताबाट भने हरेक काममा सफलता पाउनुहुनेछ । साथीसंगीबाट राम्रो साथ सहयोग पाउनुका साथै हरेक काममा सफलता पाउने योग रहेको छ । ज्ञानगुनका कुरामा बढी ध्यान जाला । घुमफिरको योग छ । सुन चादी पित्तलबाट सफलता प्राप्ती होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंकालागि यो साता महत्वपूर्ण छ । व्यवसायबाट सफलता मिल्नेछ । समुदायमा तपाईंको सफलताको सम्मान मिल्नेछ । साथीसंगीको साथ मिल्ने छ । ज्ञानगुनका कुराहरुमा विशेष जागरुकता देखिनेछ । काममा सफलता देखिन्छ । स्वास्थ्यले साथ नदेला सजग रहनु होला । कमाउने ठाँउहरु ब्ढ्नेछन् । धनलाभको समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईंकालागि यो साता राम्रो छ । पढाईमा मन जानेछ । हरेक काममा सफलता पाउने समय छ । व्यापार गर्नु राम्रो छ । धन लाभको समय छ । तीर्थ यात्रामा जानुहोला । परिवारसंग घुमफिरको समय छ । हरेक काममा सफलता मिल्नेछ । घर परिवारबाट राम्रो साथ मिल्नेछ । परायाबाट सजग रहनुपर्ला । ख्याल गर्नुहोस् स्वास्थ्य तपाईंको साथमा रहने छैन । अपव्ययको समय छ ।