गणेश यादवका परिवारसँग गृहमन्त्रीले गरे ८ बुँदे सहमति

गणेश यादवका परिवारसँग गृहमन्त्रीले गरे ८ बुँदे सहमति

काठमाडौं । सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ।

गृहमन्त्री सुदन गुरुङ र मृतकका परिवारबीच भएको छलफलपछि परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समेट्दै आठ बुँदे सहमति गरिएको हो।

गृहमन्त्री गुरुङका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने तथा मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ।

यस्तै, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई पनि निःशुल्क स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराइने, शव परिवारलाई बुझाएर दाहसंस्कार गरिने तथा दाहसंस्कारका लागि आवश्यक खर्च सरकारले व्यहोर्ने सहमति भएको गृहमन्त्रीले जानकारी दिए।

शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने विषयमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताए। अनुसन्धानलाई सहज बनाउन त्यहाँ पठाइएको र भोलि हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।

घटनाको निष्पक्ष अनुसन्धानका लागि सरकारले अनुभवी अनुसन्धानकर्ता र विज्ञहरू सम्मिलित स्वतन्त्र छानबिन समिति गठन गरिसकेको पनि उनले जानकारी दिए। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै उनले अनुसन्धानको निष्कर्ष पारदर्शी रूपमा सार्वजनिक गरिने बताए।

यद्यपि, सञ्चारकर्मीहरूले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाहरूले अझै