नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार ललितपुरको धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीले स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियामार्फत राज्यलाई हानी–नोक्सानी पुर्‍याइएको आरोपमा घटनाको अनुसन्धान अघि बढाइरहेको छ।

यसअघि यही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन्। प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।