आईसीसीले गर्‍यो विश्वकप-२०२७ का आयोजक राष्ट्र घोषणा

आईसीसीले गर्‍यो विश्वकप-२०२७ का आयोजक राष्ट्र घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष क्रिकेट विश्वकप-२०२७ का आयोजक राष्ट्रहरूको औपचारिक घोषणा गरेको छ। प्रतियोगिता दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्।

आईसीसीका अनुसार विश्वकपका खेलहरू दक्षिण अफ्रिकाका आठ सहर, जिम्बाब्वेका तीन सहर तथा नामिबियाको राजधानी विन्डहोकमा सञ्चालन गरिनेछन्।

तीन अफ्रिकी राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकपका लागि आवश्यक तयारी तीव्र पारिएको आईसीसीले जनाएको छ। प्रतियोगिताले अफ्रिकी महादेशमा क्रिकेटको लोकप्रियता र पूर्वाधार विकासलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

विश्वकप-२०२७ को विस्तृत खेल तालिका, खेलस्थल र अन्य प्राविधिक विवरण भने आईसीसीले आगामी चरणमा सार्वजनिक गर्नेछ।