मुख्यमन्त्री लालबाबु राउतजीलाई सलाम

मुख्यमन्त्री लालबाबु राउतजीलाई सलाम

तस्वीर: राजाराम तण्डुकारजीको फेसबुकबाट ।

 

मधेशमा दुइथरी राउत छन् । एउटा लालबाबु राउत, अर्का सिके राउत । लाल बाबु राउत स्वदेशभित्रै मधेशी जनताको पहिचान र अधिकारका लागि लडिरहेका छन्, सिके राउत ‘अलग मधेश देश’को कुरा गरिरहेका छन् । हामीले बढावा दिने र नैतिक समर्थन गर्ने भनेको लालबाबु राउतको लाइनलाई हो । लालबाबु राउतहरुले नेपालभित्रै मधेशको अधिकार र पहिचानको पक्षमा आवाज उठाउँदा उनलाई ‘भारतीय दलाल’ भनेर हेप्नु भनेको उनीहरुलाई विच्काएर सिके राउतको कित्तामा धकेल्नु हो भन्ने बुझ्नु जरुरी छ ।

आज मलाई खुशी लागेको छ कि वीरगञ्जमा आयोजित सामुहिक म्हपुजामा सरीक भएर लालबाबुजीले काठमाडौं र मधेशवीच साँस्कृतिक सम्मीलन गराउनुभएको छ । सामुदायिक सहअस्तीत्वको सम्मान गर्ने उहाँको यो कदमलाई सलाम गर्न हामी कसैले पनि कन्जुस्याई गर्न हुँदैन । क्याबात चिफ मिनिस्टर, बहुत खुब ।

शब्द: कुसुम भट्टराईको फेसबुकबाट साभार