

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन्। बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका रूपमा अनुमोदन गरेको हो। अब राष्ट्रपतिबाट नियुक्तिपछि उनले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नेछन्।
हाल सर्वोच्च अदालतका रजिस्ट्रारका रूपमा कार्यरत कार्कीलाई संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनको नियुक्तिको संवैधानिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ।