कर्णालीमा नयाँ सरकार: मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त

कर्णालीमा नयाँ सरकार: मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

नेकपा (एमाले)को समर्थनमा शाहीले मंगलबार अपराह्न प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आवश्यक समर्थन प्राप्त भएपछि प्रदेश प्रमुखले उनलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यसअघि साउन ९ गते नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच कर्णालीमा सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो।