

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक मिडिया ब्रिफिङका क्रममा नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन्।
जैसवालले भने, “हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।” प्रधानमन्त्री नियुक्त भएपछि शाह हालसम्म कुनै पनि वैदेशिक भ्रमणमा गएका छैनन्। भारतको निमन्त्रणापछि उनको पहिलो विदेश भ्रमण भारत हुन सक्ने चर्चा सुरु भए पनि भ्रमणको मिति भने अझै सार्वजनिक गरिएको छैन।