एमाले अध्यक्ष ओली बिरामी, घरमै औषधि खाँदै

एमाले अध्यक्ष ओली बिरामी, घरमै औषधि खाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। बिरामी परेपछि ओली हिजोदेखि कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ। उनले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।