एजेन्सी, २२ कार्तिक । ओलम्पिक अन्तर्गत एसिया छनोट महिला फुटबलमा नेपाल आज भारतसँग खेल्ने भएको छ । एसिया छनोट खेल्न नेपाली अहिले म्यानमामा रहेको छ ।
नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबलका अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग हुनेछ । दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो ।