डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयारः अमेरिकी राष्ट्रपति

डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयारः अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भएको छ । अमेरिकी मध्यावधी निर्वाचनमा संसद्को तल्लो सदनमा राष्ट्रपती ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत गुमेपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरुसँग मिलेर काम गर्ने अभिव्यक्ति दिनुभएको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचनको परिणामले आफूमाथि दबाब बढेको बताउनु भएको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् । गत मंगलबार भएको निर्वाचनमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको थियो ।