विवेक मण्डल र गणेश नेपालीका परिवारलाई गगन थापाद्वारा आर्थिक सहयोग

विवेक मण्डल र गणेश नेपालीका परिवारलाई गगन थापाद्वारा आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका विवेक मण्डल र गणेश नेपालीका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। सर्लाहीका स्वर्गीय विवेक मण्डलको १३औँ पुण्यतिथिको अवसरमा सभापति थापाले उनका परिवारलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार थापाले स्वर्गीय मण्डलका सन्तानको शिक्षा-दीक्षाको जिम्मेवारीसमेत लिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै, आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवारलाई पनि सभापति थापाले एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन्। नेपाली कांग्रेसले दुवै परिवारलाई कठिन परिस्थितिमा साथ दिने प्रतिबद्धतासहित सहयोग प्रदान गरेको जनाएको छ।