लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से २७२६ अंकमा

लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से २७२६ अंकमा

काठमाडौं। नेपाली सेयर बजारमा लगातार छैटौं कारोबार दिन पनि हरियाली कायम भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको हो। यो स्तर जेठ २८ यताकै उच्च हो।

यसअघि गत साताको मंगलबारदेखि सोमबारसम्म पनि बजार निरन्तर बढेको थियो। सोमबार मात्रै नेप्से ४१.७० अंकले उकालो लागेको थियो। मंगलबार कारोबारका क्रममा १०३ कम्पनीको सेयर मूल्य बढ्यो, १६२ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबारको सुरुआती चरणमा बजारले उत्साहजनक गति लिएर दिउँसो १२:४९ बजे २७५३ अंकसम्म पुगे पनि अन्तिम समयमा केही करेक्सन हुँदै २७२६.४९ अंकमा बन्द भएको हो।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

१३ उपसमूहमध्ये केहीमा वृद्धि हुँदा केहीमा गिरावट देखिएको छ।

बढेका उपसमूह

  • व्यापार : २.८८%
  • अन्य : १.२०%
  • उत्पादन तथा प्रशोधन : ०.६४%
  • लगानी : ०.४९%
  • बैंकिङ : ०.०९%

घटेका उपसमूह

  • विकास बैंक : ०.४०%
  • फाइनान्स : ०.६२%
  • होटल तथा पर्यटन : ०.२३%
  • जलविद्युत् : ०.०५%
  • जीवन बीमा : ०.१७%
  • माइक्रोफाइनान्स : ०.०२%
  • निर्जीवन बीमा : ०.१४%

हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उकालो लाग्यो।

त्यसैगरी,

  • कालंगा हाइड्रोपावर : ७.५०%
  • बोटलर्स नेपाल (बालाजु) : ७.४२%
  • सानीगढ हाइड्रोपावर : ६.५६%
  • स्नो रिभर्स : ६.०२%
  • रिडी पावर : ५.३४% ले वृद्धि भए।

यता,

  • कर्पोरेट डेभलपमेन्ट बैंक : ६.५४%
  • भुजुङ हाइड्रोपावर : ४.५८%
  • चिरख्वा हाइड्रोपावर : ४.४४% ले घटेका छन्।

कारोबार रकमका आधारमा मंगलबार रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष पाँचमा रहेका छन्।