स्वर्णिमसँग छलफल गरेर रिसोर्टबाट निस्किए रवि

स्वर्णिमसँग छलफल गरेर रिसोर्टबाट निस्किए रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्।

शनिबार पत्नी निकितासहित रिसोर्ट पुगेका लामिछाने आइतबार केहीबेरअघि काठमाडौंका लागि प्रस्थान गरेको सुरक्षा स्रोतले जनाएको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने केहीबेरपछि फर्किने बताइएको छ।

शनिबार दिउँसो करिब ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट पुगेका थिए भने त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नीसहित त्यहाँ पुगेका थिए। उनीहरू वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेका थिए।

सरकार र पार्टीबीचको तालमेल तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछाने र वाग्लेबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, दुवै नेताबीच भएको छलफलको विषयवस्तुबारे रास्वपाले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।