रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

काठमाडौं। रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लामा समेत महसुस भएको स्थानीयहरूले बताएका छन्। कतिपय स्थानमा भूकम्पको धक्का निकै कडा महसुस भएको जनाइएको छ।

हालसम्म भूकम्पबाट भएको कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।