एजेन्सी । अमेरिकामा हिजो भएको मध्यावधि निर्वाचनबाट नेपालीमूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।
बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक ८ बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जित हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमूलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुग्नुभएको बताइएको छ । तीनजना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजारभन्दा बढी मत ल्याउनुभएको छ । भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।