

काठमाडौं। काठमाडौंको कुलेश्वर क्षेत्रमा आइतबार प्रहरीले गोली चलाएर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसनका क्रममा एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार पक्राउ पर्ने क्रममा भारतीय नागरिकको खुट्टामा गोली लागेको छ। घाइते उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीले घटनाको विस्तृत विवरण तथा पक्राउ परेकाहरूको परिचय अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।