

काठमाडौं । विशेष अदालतको अध्यक्ष (प्रमुख न्यायाधीश) परिवर्तन हुने भएको छ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
हाल काजमा सर्वोच्च अदालतमा कार्यरत आचार्यलाई परिषद्ले बिहीबार उच्च अदालत तुलसीपुरमा सरुवा गर्न पनि सिफारिस गरेको छ। त्यहाँबाट उनलाई विशेष अदालतको अध्यक्षका रूपमा जिम्मेवारी दिने तयारी गरिएको छ।
यसअघि विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गर्न सिफारिस गरिएको छ। जनकपुर उच्च अदालत दरबन्दी भएका भट्ट काजमा विशेष अदालतको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।
न्याय परिषद्को सिफारिसपछि सरकारको निर्णयसँगै विशेष अदालतको नेतृत्व औपचारिक रूपमा परिवर्तन हुनेछ।