

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राष्ट्रिय घटनाक्रम तथा आपसी हितका विविध विषयमा छलफल भएको छ।
भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी थिए।
यद्यपि, छलफलमा भएका विषयवस्तु तथा कुनै ठोस सहमति वा निर्णयबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीको सचिवालयले भेटलाई समसामयिक राजनीतिक परामर्शका रूपमा व्याख्या गरेको छ।