

एजेन्सी । अमेरिकामा भएको मध्यावधि निर्वाचनको मतगडा सुरु भएको छ । केही ठाउँमा परिणाम समेत सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका सदस्यको नतिजा सार्वजनिक भएको हो ।
बाँकी रहेका मतदान केन्द्रहरू बन्द हुन शुरू भएको छ । चुनावी नतिजाले कंग्रेसमाथि कुन पार्टीको नियन्त्रण हुने र राष्ट्रपति डोनल्ड ट्रम्पका मुद्दा कसरी अगाडि बढ्ने भन्ने कुराको निर्क्योल गर्ने अपेक्षा गरिएको छ । हाल दुईवटै सदनमाथि ट्रम्पको रिपब्लिकन पार्टी हावी रहेको पृष्ठभूमिमा तल्लो सदनलाई आफ्नो नियन्त्रणमा ल्याउन डेमोक्र्या्टिक पार्टी सङ्घर्षत छ । तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनावी प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै ३६ वटा राज्यमा गभर्नर पदका लागि पनि प्रतिस्पर्धा भइरहेको छ । हुन त सन् २०२० सम्म राष्ट्रपति ट्रम्प पुनर्निर्वा्चित हुनुपर्ने आवश्यकता छैन, तर पछिल्लो चुनावलाई उनको परीक्षणका रूपमा हेरिँदैछ ।