१६ वर्षपछि विश्वकपको फाइनलमा स्पेन, फ्रान्स २–० ले स्तब्ध

१६ वर्षपछि विश्वकपको फाइनलमा स्पेन, फ्रान्स २–० ले स्तब्ध

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा गएराति सम्पन्न खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै दुईपटकको विश्व विजेता फ्रान्सलाई गोलविहीन बनायो।

स्पेनका लागि पहिलो गोल खेलको २२औँ मिनेटमा पेड्रो पोरोले पेनाल्टीमार्फत गरे। फ्रान्सका लुकास डिग्नेले लामिन यमालमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीलाई पोरोले सफलतापूर्वक गोलमा परिणत गरेका थिए।

त्यसपछि ५८औँ मिनेटमा पोरोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

फ्रान्सले खेलभर केही अवसर सिर्जना गरे पनि स्पेनको सुदृढ रक्षापंक्ति र गोलकिपरलाई चुनौती दिन सकेन। निर्धारित समयसम्म कुनै गोल फर्काउन नसक्दा फ्रान्स सेमिफाइनलबाटै बाहिरियो।

सन् २०१० मा विश्वकप उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः फाइनलमा पुगेको हो। यता, बलियो दाबेदार मानिएको फ्रान्स भने उपाधि यात्राबाट बाहिरिँदै लगातार तेस्रोपटक विश्वकपको फाइनल पुग्ने अवसर गुमाउन बाध्य भयो।

अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।