सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य भेट्न मुस्किलः अर्थमन्त्री

सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य भेट्न मुस्किलः अर्थमन्त्री

काठमाडाैँ, २० कार्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको लागि लिइएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको बताउनुभएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आजदेखि शुरु गरेको पूर्ण अनलाइन कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल पर्ने स्वीकार गर्नुभएको हो । सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, र्अमन्त्री खतिवडाले नै आँफैले लिएको लक्ष्य भेट्टाउन नसकिने बताउनुभयो ।

तटष्थ रुपमा विश्लेषण गर्ने केहि संस्थाहरुले समेत ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने बताएको भन्दै उहाँले ८ प्रतिशतको लक्ष्य भेट्न मुस्किल पर्ने धारणा राख्नुभयो । औद्योगिक क्षमता तथा बैंकिङ क्षेत्रको मूनाफाको अवस्था राम्रो भएकाले मुलुकको अर्थतन्त्रमा राम्रै असर गर्ने उहाँको भनाइ थियो ।