

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको मिति सार्ने निर्णय गरेको हो ।
अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो । तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यस्तै, आज बसेको बैठकले लोकतान्त्रिक फोरमको एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको छ ।